Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

साउथजोन माध्यमिक विद्यालयको १७...

वीरगंज, २९ माघ — वीरगंज महानगरपालिका–राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयले आफ्नो १७औँ वार्षिकोत्सव भव्य...

आफ्नो पक्षमा जनसमर्थन रहेको...

वीरगंज, २९ माघ - चुनावी अभियानलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी, पर्सा निर्वाचन...

संकटदेखि संरचनासम्म : पर्सा–१...

वीरगञ्ज, २९ माघ – पूर्व खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ बाट...

सानो दीप संस्थाद्वारा विद्यालयमा...

वीरगञ्ज । सानो दीप संस्थाको आयोजनामा श्री शारदा माध्यमिक विद्यालयमा निःशुल्क आँखा, दाँत...
spot_img

पर्सामा प्याब्सन आबद्ध साइन्स शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

spot_img

बीरगन्ज,२९ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति पर्साले साइन्स विषय अध्यापन गरिरहेका शिक्षकहरूका लागि एक दिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ।

बीरगन्ज पब्लिक कलेजको सभा हलमा सम्पन्न तालिममा प्याब्सनसँग आबद्ध करिब ४० जना शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले निजी विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाको पेशागत क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागी शिक्षकहरूलाई आग्रह गरे।

उनले प्रविधिमैत्री बन्दै गएको वर्तमान शैक्षिक परिवेशमा साइन्स विषयको महत्व अझ बढ्दै गएको उल्लेख गर्दै शिक्षकहरू समयअनुसार अद्यावधिक हुनुपर्ने आवश्यकता औंल्याए। संगम बुक्स एण्ड पब्लिकेसनको संयोजनमा आयोजित तालिममा प्रशिक्षकका रूपमा डा. चिन्तामणि पन्थीले सहजीकरण गरेका थिए। उनले बदलिँदो शैक्षिक वातावरणमा परम्परागत पाठ्यवस्तु मात्र पर्याप्त नहुने भन्दै प्रविधिको प्रयोगसँगै शिक्षकहरू पनि उन्नत र अद्यावधिक हुनुपर्ने बताए।

डा. पन्थीका अनुसार आधुनिक साइन्स शिक्षा व्यावहारिक ज्ञान र बहुआयामिक विषयवस्तुसँग जोडिएको छ, जसका लागि शिक्षकहरू विषयगत रूपमा सुदृढ र समयसापेक्ष हुन आवश्यक छ। कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह, सचिव अशोक संग्रौला, जिल्ला सदस्य सुलभ केसी, फजिल अहमदलगायतको उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय