काठमाडौँ,२९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो निर्वाचनमार्फत पार्टीलाई संसदमा निर्णायक शक्तिको रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य सार्वजनिक गरेका छन्।
आज जेसिजले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा रहेका समस्याको समाधानका लागि नवीन सोच र दृष्टिकोण आवश्यक भएको बताए। उनले भने, “नयाँ वा पुरानोको मूल्याङ्कन उमेर, पार्टी वा अनुहारमा नभई विचार र नीतिको आधारमा हुनुपर्छ।”
लिङ्देनले दीर्घकालीन शान्ति र स्थायित्वका लागि निर्वाचनअघि नै नवीन राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसका लागि राप्रपा आवाज उठाइरहेको पनि बताए।



