Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

साउथजोन माध्यमिक विद्यालयको १७...

वीरगंज, २९ माघ — वीरगंज महानगरपालिका–राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयले आफ्नो १७औँ वार्षिकोत्सव भव्य...

आफ्नो पक्षमा जनसमर्थन रहेको...

वीरगंज, २९ माघ - चुनावी अभियानलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी, पर्सा निर्वाचन...

संकटदेखि संरचनासम्म : पर्सा–१...

वीरगञ्ज, २९ माघ – पूर्व खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ बाट...

सानो दीप संस्थाद्वारा विद्यालयमा...

वीरगञ्ज । सानो दीप संस्थाको आयोजनामा श्री शारदा माध्यमिक विद्यालयमा निःशुल्क आँखा, दाँत...
spot_img

झुम्का कारागारबाट फरार ८ कैदी धनकुटाबाट पक्राउ

spot_img

धनकुटा,२९ माघ । सुनसरीको झुम्का कारागारबाट फरार रहेका आठ जना कैदीलाई धनकुटा प्रहरीले पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते रामधुनी नगरपालिका–५ स्थित कारागारबाट फरार भएका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार संखुवासभाको खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट पक्राउ गरिएको हो। कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेका उनी कारागारबाट फरार भएका थिए।

यस्तै, चौविसे गाउँपालिका–३ का ३४ वर्षीय सिजन तामाङलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। अङ्गभङ्ग मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका तामाङ पनि फरार सूचीमा रहेका थिए।

लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका–६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि गाउँपालिका–७ का संगम माझी र साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय बुद्धराज लिम्बूलाई समेत प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।

त्यस्तै, कर्तव्य ज्यान तथा चोरी मुद्दामा २० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका चौविसे गाउँपालिका–२ धारापानीका ४६ वर्षीय रमेश पाङ्मी मगर र कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका सुनसरीको धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय सागर राईलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय