Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

न्युजिल्यान्डको शानदार जित, श्रीलंका...

टी–२० विश्वकपको पछिल्लो नतिजाबारे स्पष्ट नेपाली अपडेट।

वीरगंज–२६ अठराहामा बिना जैसवालको...

वीरगंज, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. २...

वीरगञ्जमा निर्वाचन रिपोर्टिङ र...

वीरगञ्जमा सम्पन्न अभिमुखीकरणले निर्वाचन रिपोर्टिङमा आचारसंहिता र तथ्यपरक पत्रकारिताको आवश्यकतामा जोड दिएको छ।

पर्सा–४ मा शाक्यमाथि प्रश्नहरूको...

पर्सा, १३ फागुन -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. ४...

राैतहट–३ का उम्मेदवार रामकृपाल यादव काे हुन ?

spot_img

रौतहट,१३ फागुन । रौतहट-३ मा नेपाली कांग्रेसले रामकृपाल यादवलाई उम्मेदवारका रूपमा अघि सारेको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह यस क्षेत्रमा निरन्तर विजयी हुँदै आएका कारण रौतहट–३ सधैं चर्चामा रहने निर्वाचन क्षेत्र हो। यही चुनौतीपूर्ण क्षेत्रमा कांग्रेसले यसपटक युवा र बौद्धिक छवि बनाएका यादवलाई मैदानमा उतारेको हो।

रौतहटको फतुवा विजयपुर नगरपालिकाका स्थानीय ४१ वर्षीय रामकृपाल यादवले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । पेशाले शिक्षक रहेका यादव बौद्धिक स्थानीय नेताका रूपमा चिनिन्छन् । उनी नेपाल शिक्षक महासंघ, रौतहट जिल्ला शाखाका अध्यक्षसमेत हुन्, जसले उनलाई शिक्षकमाझ मात्र होइन, समाजका विभिन्न वर्गमा पनि परिचित बनाएको छ।

गत निर्वाचनमा कांग्रेसले माओवादीसहितका दलसँग गठबन्धन गरेर चुनाव लडेका कारण रौतहट–३ मा कांग्रेसको आफ्नै उम्मेदवार थिएन । सो निर्वाचनमा प्रभु साह ३२ हजार ४३७ मतसहित विजयी भएका थिए भने स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार २०० मत ल्याएका थिए। नेपाल कम्युनिस्ट पार्टीका रवीन्द्र पटेलले ८ हजार ५५८ मत प्राप्त गरेका थिए ।

यसपटक कांग्रेसले यादवलाई नयाँ उम्मेदवारका रूपमा मौका दिएको हो। कांग्रेस उम्मेदवार यादव आफ्नो प्राथमिकता आम जनतालाई अधिकारसँगै कर्तव्यको बोध गराउनु रहेको बताउँछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय