Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

आफ्नो उम्मेदवार चिन्नुस, यी...

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही–४ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले...

प्रतिनिधि सभा निर्वाचन: सातै...

काठमाडौं,१४ फागुन।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले...

सर्वोच्चमा रिट दर्ता: उम्मेदवार...

काठमाडौं,१४ फागुन। प्रतिनिधिसभा निर्वाचनका लागि मत सर्वेक्षण र कुनै उम्मेदवारको पक्षपोषण हुने गरी समाचार...

सर्लाही–४ का उम्मेदवार रामेश्वर...

सर्लाही,१४ फागुन । मधेस आन्दोलनबाट उदाएको नेतृत्वका रूपमा चिनिने रामेश्वर राय यादव आगामी फागुन...

सर्लाही–४ का उम्मेदवार गगनकुमार थापा काे हुन ?

spot_img

सर्लाही,१४ फागुन । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएसँगै गगनकुमार थापाले आफ्नो संसदीय राजनीतिको भूगोल परिवर्तन गरेका छन्। विगत १५ वर्षदेखि काठमाडौं-४ लाई आफ्नो राजनीतिक आधारक्षेत्र बनाएका थापा यसपटक ‘मधेसको आवाज सिंहदरबारमा सुनाउने’ संकल्पका साथ सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिएका छन्।

२०३३ साउनमा काठमाडौंमा जन्मिएका गगनकुमार थापा रातोपुलका स्थायी बासिन्दा हुन् । जेनजी आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले गरेको आगजनीबाट घरमा क्षति पुगेपछि हाल उनी बुढानीलकण्ठमा अस्थायी बसोवास गर्दै आएका छन् ।

सभापति थापा कांग्रेसको विद्यार्थी संगठनको क्रियाशील हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । नेविसंघमा संगठित भएर २०४६ सालको जनआन्दोलन उनी सहभागी भए । २०५१ सालमा नेविसंघबाट त्रिचन्द्र कलेजको स्ववियु सदस्य भएका थापा २०५३ मा सचिव र २०५५ मा सभापति निर्वाचित भए । त्यसपछि २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष, २०५९ महामन्त्री बने । नेविसंघको राजनीति गर्दै उनले स्नातकोत्तरसम्म अध्ययन सके ।

२०५१ सालमा नेकपा (एमाले)को अल्पमतको सरकार भएको समय नेविसंघले आह्वान गरेको नेपाल बन्दको क्रममा थापा पहिलो पटक हिरासतमा परेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि भएका विरोधमा उनी पटक पटक हिरासतमा परे । २०५९–२०६३ को अवधिमा सडक प्रदर्शनका क्रममा उनलाई पक्राउ गरेर तत्कालीन सत्ताले दुईपटक राजद्रोहको मुद्दा चलाएको थियो । पार्टीलाई गणतन्त्रको पक्षमा उभ्याउन उनले सडकबाट दबाब सिर्जना गर्न सक्रिय भूमिका खेले ।

पार्टीको केन्द्रीय राजनीतिमा २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका उनी केन्द्रीय सदस्यमा मनोनीत भए । १४ औं महाधिवेशनबाट भने उनी महामन्त्रीमा विजयी भए । संसदीय यात्रा चाहिं २०६४ सालमा संविधानसभामा समानुपातिक सभासदबाट सुरु भए पनि थापाले चुनावी प्रतिस्पर्धा २०७० सालबाट सुरु गरेका थिए । त्यसयता काठमाडौं–४ बाट जित्दै आएका थिए ।

दोस्रो संविधानसभाबाट निर्वाचित भए लगत्तै उनले संसदीय समितिको सभापतिको भूमिका समेत निर्वाह गरेका थिए । संसदको कृषि तथा जलस्रोत समितिका सभापति बने । सभापति थापा चारपटक सांसद हुँदा एकपटक मन्त्री हुने अवसर समेत प्राप्त गरेका थिए । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हुँदा (२०७३ सालमा) सभापति थापा स्वास्थ्यमन्त्री बनेका थिए । स्वास्थ्यमन्त्री हुँदा उनले स्वास्थ्य क्षेत्रमा गरेका सुधारको प्रशंसा हुँदै आएको छ ।

विद्यार्थी राजनीतिको मूल नेतृत्वमा पुग्न नसकेका उनी विशेष महाधिवेशनको बलमा पार्टी सत्ताको नेतृत्वमा पुगेका छन् । पार्टी सभापति बनेसँगै उनी मधेसमा झरेका छन् । ‘मधेसको आवाज सदन, सिंहदरबारमा सुनाउन र नेपाल जोड्न’ आफू मधेसमा प्रतिस्पर्धा गर्न आएको मतदातालाई बताइरहेका छन् ।

नवनिर्वाचित केन्द्रीय समितिले चुनावपछिको प्रधानमन्त्रीका रूपमा सभापति थापालाई अघि सारेको छ । सभापति थापाका लागि पूर्व कांग्रेस अमरेशकुरमार सिंह लगायत अन्य उम्मेदवार प्रतिस्पर्धी छन् । चुनावअघिको गठबन्धनको विपक्षमा रहेका उनले सभापति बनेसँगै निर्वाचन अघिको गठबन्धन नगर्ने निर्णय गरेका छन् । यसपटक कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार बनाएको छ ।

थापाले प्रखर, स्पष्ट वक्ता र समसामयिक विषयमा तार्किक रुपमा उठाउन सक्ने नेताको छवि बनाएका छन् । विद्यार्थी राजनीति हुँदै पार्टीको सर्वोच्च पदमा पुगेका उनी सुझबुझपूर्ण राजनीति गर्ने नेतामा विश्लेषण हुने गरेको छ । संसदमा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रका मुद्दामा खरो रूपमा उत्रने उनको शैली छ ।

यसपटक सभापति थापाले ‘निर्वाचन पूर्वको गठबन्धन’ नगर्ने नीति लिएका छन्, जसका कारण कांग्रेस देशभरका १६५ वटै क्षेत्रमा एक्लै लडिरहेको छ। सर्लाही-४ मा उनीसँग पूर्व कांग्रेस नेता अमरेशकुमार सिंह रास्वपाबाट चुनाव लड्दैछन् । मधेस झरेका थापालाई ‘टुरिस्ट उम्मेदवार’ को आरोप चिर्दै स्थानीय भावनासँग जोडिनु मुख्य चुनौती हुनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय