वीरगञ्ज, फागुन १७ — प्याब्सन बीरगञ्ज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सिद्धार्थ नेशनल स्कूल परिसरमा होली मिलन समारोह सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा क्षेत्रका अगुवाहरूले आपसी सद्भाव, एकता र सहकार्यलाई मजबुत बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संयुक्त प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन बीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त अध्यक्षता गर्दै अबिर लगाएर शुभकामना साटासाट गरेका थिए। वक्ताहरूले निजी विद्यालयहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखे।
कार्यक्रममा विभिन्न पदाधिकारी, सल्लाहकार तथा प्याब्सन आबद्ध विद्यालयका संस्थापक एवं प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। सञ्चालन सचिव अशोक संग्रौलाले गरेका थिए।

