बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

spot_img

सुर्खेत,०२ चैत । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना व्यक्ति बेपत्ता भएका छन्।

बेपत्ता हुनेहरूमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली तथा लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरू फागुन २३ गते गाउँबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएका थिए। आइतबार बेलुका करिब ५ बजेतिर बराहताल गाउँपालिका–२ का आसे महतराले उक्त घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीका अनुसार महतराले आफ्नो साला पर्ने ३३ वर्षीय टोपबहादुर खत्रीसहित उनीहरू सिकार खेल्न गएको तर अहिलेसम्म नफर्किएको बताएका थिए। साथै, बेपत्ता समूहमा रहेका सुनिल समसेलीकी आमाले टोपबहादुर खत्रीको मृत्यु भएको हुन सक्ने सूचना दिएको पनि प्रहरीले जनाएको छ। यद्यपि उक्त विषय हालसम्म पुष्टि भइसकेको छैन।

घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली खोजी कार्यमा खटिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय बर्दिया लाई पनि घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय