spot_img

जय ट्रफीको फाइनल आजदेखि: आर्मी र पुलिस उपाधिका लागि भिड्दै

spot_img
spot_img

काठमाडौं,०३ चैत । जय ट्रफी एलाइट कपको फाइनल खेल आजदेखि सुरु हुँदैछ। त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तीनदिने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहान ९ः३० बजे सुरु हुने कार्यक्रम तय गरिएको छ। यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो।

चार टोलीले प्रतिस्पर्धा गरेको जय ट्रफीमा सिंगल राउण्ड रोविन प्रणालीअनुसारको लिग खेलपछि आर्मी र पुलिस शीर्ष दुई स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन्। लिग चरणमा आर्मीले पुलिसलाई ९ विकेटले पराजित गरेको थियो भने फाइनलमा पुलिसले त्यसको बदला लिन लक्ष्य राखेको छ।

जय ट्रफी फाइनलको मिति यसअघि दुई पटक परिवर्तन भइसकेको थियो। सुरुमा फागुन १७–१९ मा खेल तय थियो, तर निर्वाचन र लिग २ सिरिजका कारण फाइनल खेल चैत २१–२३ सम्म सारिएको थियो। तर मध्यपूर्व युद्धका कारण लिग २ सिरिज स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले फाइनल अघि सारेको हो।

खेलप्रेमीहरूले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन र प्रतिस्पर्धा देख्न पाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय