काठमाडौं,०३ चैत । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनको निवास पुगेका छन्।
ओलीका पिता मोहनप्रसाद ओली फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएका थिए।
यसअघि पनि प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत विभिन्न दलका नेताहरू ओलीको निवासमा पुगेर समवेदना व्यक्त गरेका थिए।




