इनिशा विक प्रकरणमा दोषीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन

spot_img

काठमाडौँ,०३ चैत । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या प्रकरणको विरोधमा दोषीमाथि कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा खबरदारी प्रदर्शन गरिएको छ।

संयुक्त नागरिक पार्टीको विद्यार्थी तथा महिला विभागले मंगलबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गर्दै सरकारलाई पीडित परिवारलाई न्याय दिलाउने र समाजमा बढ्दै गएको जघन्य अपराध नियन्त्रण गर्न आग्रह गरेको हो।

प्रदर्शनकारीहरूले “इनिशाको हत्यारालाई कारबाही गर”, “बलात्कारको अन्त्य गर”, “सुरक्षित समाज निर्माण गर” र “बलात्कारीलाई फाँसीको सजाय हुने कानुन बनाऊ” जस्ता नारासहित प्लेकार्डहरू बोकेका थिए।

उनीहरूले महिला र बालबालिकामाथि बढ्दो हिंसा रोक्न राज्य मौन नबस्नुपर्ने चेतावनी दिँदै, पीडित परिवारले न्याय नपाएकै अवस्थामा आन्दोलन जारी रहने स्पष्ट पारे।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी विकको पोस्टमार्टम रिपोर्टअनुसार उनलाई बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको छ।

हाल प्रहरीले घटनासँग सम्बन्धित शंकास्पद व्यक्तिहरूको खोजी र थप अनुसन्धान तीव्र बनाएको छ। प्रदर्शनकारीहरूले अनुसन्धान प्रक्रिया ढिला हुन सक्ने भन्दै दबाब कायम राख्ने बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय