काठमाडौं,०६ चैत । सहकारी ठगीबाट प्रभावित बचतकर्ताहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासङ्घ को आयोजनामा भएको प्रदर्शनमार्फत सरकारलाई पीडितको समस्या समाधान गर्न दबाब दिइएको हो।
प्रदर्शनमा सहभागीहरूले विभिन्न ब्यानर र प्लेकार्ड बोकेर सहकारी ठगीका दोषीमाथि कडा कारबाही र आफ्नो बचत फिर्ता गर्न माग गरेका थिए। कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका पीडितहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
महासङ्घका प्रतिनिधिहरूले सरकारसँग समस्या समाधानमा ढिलाइ नगर्न आग्रह गर्दै पीडितको न्यायका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

