spot_img

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माइतीघरमा प्रदर्शन

spot_img
spot_img

काठमाडौं,०७ चैत । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

जनरल जेड नेपाल र राष्ट्रिय जननेता अभियान लगायतका समूहका युवा सहभागीहरूले आयोगको प्रतिवेदन लुकाउने प्रयास भइरहेको आशंका व्यक्त गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले ‘जेन९जी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा’ र ‘कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

उनीहरूले आयोगले प्रतिवेदन सार्वजनिक नगरेर जेन९जी आन्दोलनका शहीद र घाइतेहरू माथि अन्याय भइरहेको दाबी गरेका छन्। भदौ २३ र २४ का घटनामा सरकारी संरचना जलाउने वा प्रहरीमाथि आक्रमण गर्ने समूह आफूहरूको नभएको स्पष्ट गर्दै दोषीमाथि कानुनी कारबाही गर्न पनि माग गरिएको थियो।

जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरेको भन्दै प्रदर्शनकारीहरूले पारदर्शितामाथि प्रश्न उठाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय