spot_img

हिरासतमा रहेका मनोज चौधरीसँग माधव कुमार नेपाल को भेट

spot_img
spot_img

वीरगञ्ज — पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक माधव कुमार नेपाल बुधबार वीरगञ्ज पुगेर पर्सा प्रहरीको हिरासतमा रहेका नेकपाका नेता एवं पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार मनोज चौधरीसँग भेटघाट गर्नुभएको छ।

गत फागुन १९ गते उनी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको आरोपमा पक्राउ परेका चौधरीलाई नेपालले जिल्ला प्रहरी कार्यालयमै पुगेर भेट्नुभएको हो। भेटका क्रममा नेपालले घटनाबारे विस्तृत जानकारी लिँदै चौधरीलाई धैर्यतापूर्वक परिस्थितिको सामना गर्न आग्रह गर्नुभयो।

नेपालले चौधरीले छिट्टै न्याय पाउने विश्वास व्यक्त गर्दै हिरासतमा रहेका व्यक्तिको स्वास्थ्य अवस्था र मानवअधिकारको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। उहाँले चौधरीको स्वास्थ्य अवस्थाबारे समेत चासो राख्नुभएको थियो।

यसैबीच, नेपालले चौधरीलाई फसाउनका लागि षड्यन्त्र गरिएको हुनसक्ने आशंका व्यक्त गर्दै अन्ततः अदालतबाट सत्यको जित हुने विश्वास व्यक्त गर्नुभयो।

नेपालसँगै नेकपाका पर्सा जिल्लाका अन्य नेता तथा कार्यकर्ताहरू पनि जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय