काठमाडौँ,१३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सञ्चालन भइरहेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका प्रधानमन्त्री शाहले सोही दिन १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

