‘मन्त्री नबने पनि सेवा जारी’ : अमरेश सिंह

spot_img

काठमाडौं,१३ चैत । अमरेशकुमार सिंहले आफू मन्त्री नबनेको विषयमा आएका समाचारहरूलाई भ्रामक भन्दै खण्डन गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सिंहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सञ्चारमाध्यममा आएका खबरमा कुनै सत्यता नभएको स्पष्ट पारे।

बालेन्द्र शाह नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा उनको नाम चर्चामा रहे पनि अन्तिम सूचीमा नपरेपछि विभिन्न अड्कलबाजी भइरहेका थिए।

सिंहले भने आफू मन्त्री नबने पनि सांसदकै रूपमा देश र जनताको सेवामा इमान्दार भएर लागिरहने बताएका छन्। उनले पार्टी र सरकारसँग सहकार्य गर्दै जनताको हितमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय