spot_img

काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी–प्रदर्शनकारी झडप

spot_img
spot_img

काठमाडौँ,१४ चैत । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताहरू माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अघि बढ्ने क्रममा बबरमहलस्थित जिल्ला अदालत अगाडि पुगेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। सोही क्रममा दुवै पक्षबीच झडप भएको हो।

प्रहरीले भीड नियन्त्रण गर्ने प्रयास गरेपछि स्थिति केहीबेर तनावपूर्ण बनेको थियो। घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ। हाल क्षेत्रको अवस्था तनावग्रस्त रहेको र सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय