spot_img

सेयर बजारमा भारी गिरावट, नेप्से ४२ अंकले घट्यो

spot_img
spot_img

काठमाडौं,१५ चैत । मुलुकमा देखिएको पछिल्लो राजनीतिक अस्थिरताको असर पुँजी बजारमा स्पष्ट रूपमा देखिएको छ। आइतबार कारोबार सुरु भएको एक घण्टामै नेप्से परिसूचक ४२.२७ अंकले घट्दै २९०७.८९ विन्दुमा झरेको छ, जसले लगानीकर्तामा चिन्ता बढाएको छ।

बजार खुलेसँगै घट्न थालेको परिसूचक दिनभर दबाबमै रह्यो। कुल ३१३ कम्पनीको कारोबार भएकोमा २५५ कम्पनीको शेयर मूल्य घटेको छ भने केवल ९ कम्पनीमा मात्र वृद्धि देखिएको छ। २ कम्पनीको मूल्य स्थिर रहेको छ।

लगातारको गिरावटका कारण लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषकहरूले बताएका छन्। बजारमा देखिएको यो गिरावटलाई राजनीतिक अनिश्चिततासँग जोडेर हेरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय