spot_img

एमाले प्रदर्शनकारी र प्रहरीबीच झडप, १ जनाको टाउको फुट्यो

spot_img
spot_img

काठमाडौं,१५ चैत । नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच आइतबार माइतीघर क्षेत्रमा भएको प्रदर्शनका क्रममा झडप भएको छ। झडपमा एक जना प्रदर्शनकारीको टाउकोमा चोट लागेको छ भने केही अन्य घाइते भएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको हो।

प्रहरीले अगाडि बढ्न रोकेपछि स्थिति नियन्त्रण बाहिर जाँदा झडप भएको प्रहरीले जनाएको छ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्। घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ र उनलाई उपचारका लागि एभरेस्ट अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

घटनापछि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय