पहाडमा वर्षा र हिमपातको सम्भावना

spot_img

काठमाडौं,०४ वैशाख । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिँदा मौसम आंशिक बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा बदली, पहाडी भूभागमा आंशिक बदली तथा तराई क्षेत्रमा सामान्यतया सफा मौसम कायम रहेको छ।

कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपात भइसकेको छ भने आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा समेत छिटफुट वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि हिमाली क्षेत्रसहित कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीको अवस्था रहने बताइएको छ।

यता, देशभर तापक्रम भने क्रमशः बढ्दै गएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय