spot_img

दुधौरा खोलामा अवैध उत्खनन, एक जेसीबी र दुई टिपर नियन्त्रणमा

spot_img
spot_img

बीरगन्ज,२५ वैशाख । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोलामा अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको अवस्थामा तीन सवारीसाधन नियन्त्रणमा लिइएको छ।

डिभिजन वन कार्यालय बारा को गस्ती टोलीले एक जेसीबी र दुई टिपर नियन्त्रणमा लिएको हो। डिभिजन वन कार्यालयका वन अधिकृत राजेश कुमार साहको नेतृत्वमा खटिएको टोलीले बुधबार दिउँसो उक्त कारबाही गरेको हो।

नियन्त्रणमा लिइएका टिपरमध्ये ना ७ ख ४८२५ र मधेश प्रदेश ०३–००१ क ३०११ नम्बरका रहेका छन्। गस्ती टोलीमा सशस्त्र वन रक्षक कमाण्डर नागेन्द्र बैठासहित सुरक्षा निकायका कर्मचारीहरू पनि सहभागी थिए।

वन कार्यालयका अनुसार उपमहानगरपालिकाबाट नदिजन्य पदार्थ उत्खननको ठेक्का पाएको ठेकेदारले वन क्षेत्रभित्र नियमविपरीत उत्खनन, घाटगद्दी तथा वातावरणीय प्रतिवेदन विपरीत कार्य गरेको पाइएपछि सवारीसाधन नियन्त्रणमा लिइएको हो। डिभिजन वन कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै अवैध उत्खनन रोक्न नियमित अनुगमन र गस्तीलाई अझ कडा बनाइने डिभिजनल वन अधिकृत झाले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय