spot_img

कारोबार नगरी निस्कृय रहेका सबै सहकारी संस्थाहरु खारेज गर्दै बीरगन्ज महानगर

spot_img
spot_img

बीरगन्ज,२५ वैशाख । बीरगन्ज महानगरपालिका ले लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाले विभिन्न वडामा सञ्चालनमा रहेर पनि लामो समयदेखि कारोबार नगरेका ८८ वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने तयारी गरेको हो।

महानगरपालिकाको आर्थिक विकास महाशाखाले शुक्रबार सूचना जारी गर्दै ती संस्थाहरूले सहकारी ऐन तथा नियमावलीअनुसार पेश गर्नुपर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारणसभाको निर्णय प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन लगायतका कागजात नबुझाएको जनाएको छ। साथै कोपोमिस प्रणालीमा विवरण प्रविष्टि नगरी पूर्ण रूपमा सम्पर्कविहीन अवस्थामा रहेको उल्लेख गरिएको छ।

महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्ण का अनुसार वीरगञ्ज महानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ६६ उपदफा ३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो। त्यसैगरी उपदफा ४ बमोजिम सम्बन्धित संस्थालाई आफ्नो पक्ष राख्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको उनले बताए।

सूचना जारी भएको मितिले ३५ दिनभित्र महानगरपालिकाको सम्पर्कमा नआए वा आवश्यक कागजात पेश नगरे ती सहकारी संस्थाको दर्ता औपचारिक रूपमा खारेज गरिने महानगरपालिकाले स्पष्ट पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय