spot_img

बीरगन्ज यातायात कार्यालय अगाडि मोटरसाइकल चोरी गर्दै गर्दा युवक पक्राउ

spot_img
spot_img

बीरगन्ज,२७ वैशाख । बीरगन्ज यातायात व्यवस्था कार्यालय अगाडिबाट मोटरसाइकल चोरी गरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका–१३ का २० वर्षीय अख्तर हुसेन रहेका छन्।

प्रहरीका अनुसार शुक्रबार यातायात कार्यालय अगाडि पार्किङमा राखिएको प्रदेश–२–०३–०१९ प ६३५० नम्बरको २२० सीसीको रातो पल्सर मोटरसाइकल लक तोडेर चोरी गरिएको थियो। उक्त मोटरसाइकल बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ का दिपेन्द्रकुमार गुप्ताको नाममा दर्ता रहेको बताइएको छ।

चोरी गरेर भाग्दै गरेका उनलाई स्थानीयको सहयोगमा प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

हाल उनलाई प्रहरी हिरासतमा राखी चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

1 COMMENT

Comments are closed.

ताजा अपडेट

लोकप्रिय