spot_img

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित

spot_img
spot_img

बीरगन्ज,१३ जेठ । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको संकेत देखिएको छ। स्वास्थ्य बीमा बोर्डले निजी (प्राइभेट) अस्पतालहरूमा आकस्मिक बाहेकका सबै बीमा सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।

बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका बीमा सम्बन्धी सेवा बन्द हुनेछन्। जेठ ११ गते बसेको बोर्ड बैठकले बढ्दो वित्तीय दबाबका कारण यस्तो निर्णय लिनु परेको जनाएको छ।

यस निर्णयसँगै देशभर बीमा कार्यक्रममा आबद्ध सयौं निजी अस्पताल तथा मेडिकल कलेजबाट बिरामीले पाउँदै आएका ओपीडी सेवा, परीक्षण, शल्यक्रिया, औषधि लगायत नियमित सेवा प्रभावित हुने देखिएको छ। भने, आकस्मिक सेवा भने यथावत रहने बताइएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। लामो समयदेखि भुक्तानी नपाएको गुनासो गर्दै आएका निजी अस्पतालहरूले दबाब बढाउँदै आएका थिए। कतिपय अस्पतालले यसअघि नै बीमा बिरामी नलिने चेतावनी दिएका थिए।

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार कार्यक्रम सुरु गर्दा गरिएको ‘सबैका लागि स्वास्थ्य पहुँच’ भन्ने लक्ष्य व्यवहारमा कमजोर वित्तीय व्यवस्थापन, प्रशासनिक ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण धरापमा परेको छ।
अब बोर्ड आफैंले सेवा स्थगनको निर्णय गरेसँगै स्वास्थ्य बीमा कार्यक्रम संकुचनको चरणमा प्रवेश गरेको र यसको दीर्घकालीन भविष्यबारे प्रश्न उठ्न थालेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय