spot_img

सशस्त्र प्रहरी हेडक्वार्टरको एमटी शाखामा आगलागी, छानबिन समिति गठन

spot_img
spot_img

काठमाडौँ,२१ जेठ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित एमटी (सवारी शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्ट का अनुसार डीआईजी सन्दीप थापा को नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। समितिलाई घटनाको यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

बुधबार राति करिब ८ बजे सशस्त्र प्रहरीको प्रधान कार्यालयस्थित एमटी शाखामा आगलागी भएको थियो। आगो नियन्त्रणका लागि बङ्गलामुखी गणबाट टोली परिचालन गरिएको थियो।

आगलागीबाट केही सवारीसाधन जलेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यसअघि पनि सशस्त्र प्रहरीको प्रधान कार्यालय र सतुंगलस्थित स्टोरमा यस्तै प्रकृतिका आगलागीका घटना भइसकेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय