बारा,२१ जेठ । बारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–२१ दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै बिहीबार पुरुषको शव फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंज बस्ने ८२ वर्षीय कृष्ण बल मृत अवस्थामा भेटिएका हुन् ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




