spot_img

भन्सार प्रकरणमा अर्थमन्त्रीमाथि लगाइएका आरोपप्रति मन्त्रालयको कडा प्रतिक्रिया

spot_img
spot_img

काठमाडौं,२३ जेठ । विद्युतीय सवारीसाधनको भन्सार जाँचपाससँग जोडिएको विवादमा डॉ. स्वर्णीम वाग्ले लाई जोडेर फैलाइएका आरोपप्रति अर्थ मन्त्रालयले कडा आपत्ति जनाएको छ। मन्त्रालयले ती आरोपलाई “अफवाह र चरित्रहत्या गर्ने प्रयास” भन्दै खण्डन गरेको हो।

अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गाना ले जारी गरेको विज्ञप्तिमा बजेटअघि केही भन्सार नाकाबाट विद्युतीय गाडी जाँचपास भएको विषयलाई अनावश्यक रूपमा अर्थमन्त्रीसँग जोडिएको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार रसुवागढी नाका मा भन्सार बिन्दुसम्म नपुगेका सवारीसाधनको समेत जाँचपास भएको विषयमा छानबिन भएपछि जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि भन्सार विभागमा तानिएको छ।

यसैगरी कोरोला नाका (मुस्ताङ) बाट जाँचपास भएका सवारीसाधनबारे पनि छानबिन जारी रहेको छ। अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित संयुक्त टोली घटनास्थलमै खटिएको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानमा भन्सार छलीको आशङ्का देखिएपछि केही गाडी नियन्त्रणमा लिइएको र आयातकर्ता कम्पनीमाथि गहिरो अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ। विस्तृत विवरण छानबिनपछि सार्वजनिक गरिने पनि स्पष्ट पारिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय