spot_img

प्रधानमन्त्रीको मुखबाटै अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ

spot_img
spot_img

काठमाडौं,२५ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै सदनमा आएर नेपाल–भारत सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन् । सोमबार (जेठ २५) बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको अभिव्यक्तिले आन्दोलन भइरहेको भन्दै शान्ति सुरक्षाका निम्ति भए पनि उनैले नै जवाफ दिनुपर्ने बताएका हुन् ।

“देशको शान्ति सुुरक्षाका लागि पनि उहाँले आएर वचन सच्याउनुपर्छ । नेपाली सेनालाई सीमामा लगेर तैनाथ गर्नुपर्छ,” उनले भने ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्रीले सच्याउने भन्ने आफूहरूलाई मान्य नहुने बताए । “पराष्ट्रमन्त्रीले सच्याउने सुनिरहेको छु, त्यो हामीलाई मान्य छैन । उहाँकै मुखबाट निस्केको शब्द छ, उहाँकै मुखबाट सच्याउनुपर्छ,” उनले भने ।

spot_img

ताजा अपडेट

लोकप्रिय