मुगु,१५ असार । मुगु जिल्लाको जिमा क्षेत्र आसपास आइतबार दिउँसो २:३४ बजे भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्यूड ४.८ रहेको छ। भूकम्पको धक्का मुगुसहित आसपासका जिल्लाहरूमा पनि स्पष्ट रूपमा महसुस गरिएको थियो। यद्यपि, प्रारम्भिक जानकारीअनुसार हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै ठोस विवरण प्राप्त भएको छैन।
स्थानीय प्रशासन तथा प्रहरी स्रोतले सम्भावित असरबारे जानकारी सङ्कलन गरिरहेको छ भने केन्द्रले पनि परकम्प वा थप भूकम्पको सम्भावनाबारे निगरानी बढाएको छ। भूकम्पका कारण केही समयको लागि जनजीवन प्रभावित भए पनि ठूलो क्षति नभएको जनाइएको छ।...
वीरगन्ज,२४ पुस । तिब्बतको दुर्गम क्षेत्रमा मङ्गलवार बिहान गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर कम्तीमा १२६ जनाको ज्यान गएको छ भने १८८ जना घाइते...
काठमाडौं, २३ पुस । नेपाल–चीन सीमा क्षेत्रको तिब्बतको दिंगे केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका छन्। केन्द्रीय प्रहरी...
काठमाडौं, १८ पुस । काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का...