काठमाडौंमा भूकम्पको धक्का

spot_img

काठमाडौं, १८ पुस । काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।

केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय