वीरगन्ज,१८ फागुन । फागुन २१ का प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँगको नेपाली सीमा आज राति १२ बजेबाट ७२ घण्टाका लागि बन्द हुने भएको छ।
फागुन ९ गते वीरगन्जमा आयोजित नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनभन्दा ७२ घण्टा अगाडि सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो।
यसैअनुसार पर्सा र बाराका सबै नाकाहरू सोमबार राति १२ बजेबाट बन्द हुने व्यवस्था मिलाइएको छ। सीमा बन्द रहँदा आवागमन र मालबाहनमा असुविधा हुनसक्ने भन्दै स्थानीय तथा व्यापारीलाई आवश्यक तयारी गर्न सुरक्षा निकायले आग्रह गरेको छ।
बीरगन्ज,२५ असार । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित तराई–मधेसका जिल्लाहरुमा चापाकल सुकेर खानेपानीको संकट बढेकाले उक्त समस्या समाधानका लागि सबैले...
वीरगन्ज,२२ असार । मुस्लिम समुदायले मनाउने मोहरम (ताजिया/दाहा) आज वीरगन्जमा कडा सुरक्षा व्यवस्था र समुदायको सक्रिय सहभागिताबीच शान्तिपूर्ण रूपमा मनाइदैछ । विगतमा देखिएको तनाबपूर्ण...
वीरगन्ज,२१ असार । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यसवर्ष पनि वीरगन्जको पुरानो बसपार्कमै मनाउने निर्णय गरिएको छ। विभिन्न राजनीतिक दल र स्थानीय निकाय प्रतिनिधिहरूको...
वीरगन्ज,१५ जेठ । भारतबाट स्रोत नखुलेको नेपाली ६ लाख रुपैयाँसहित एक जना पुरुषलाई सशस्त्र प्रहरीले वीरगञ्जमा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित...
वीरगन्ज,१२ जेठ । सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रोत्साहन गर्न वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले सोमबार क्याम्पस परिसरमा रक्तदान कार्यक्रम आयोजना...
वीरगन्ज,२० बैशाख । समाज कल्याण, सकारात्मक ऊर्जा र सार्वभौमिक शान्तिको कामनासहित मानव सेवा आश्रम, वीरगन्जमा विशेष गायत्री पूजा, हवन, मन्त्र तथा प्रसाद कार्यक्रम सम्पन्न...
वीरगन्ज,२० बैशाख । सिर्सियास्थित वीरगन्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन...
वीरगन्ज,२० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्साले आज प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
वीरगन्जको घण्टाघरबाट आयोजित प्रभातफेरि माइस्थान, आदर्शनगरसहित...