वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द

spot_img

वीरगन्ज,१८ फागुन । फागुन २१ का प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँगको नेपाली सीमा आज राति १२ बजेबाट ७२ घण्टाका लागि बन्द हुने भएको छ।

फागुन ९ गते वीरगन्जमा आयोजित नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनभन्दा ७२ घण्टा अगाडि सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो।

यसैअनुसार पर्सा र बाराका सबै नाकाहरू सोमबार राति १२ बजेबाट बन्द हुने व्यवस्था मिलाइएको छ। सीमा बन्द रहँदा आवागमन र मालबाहनमा असुविधा हुनसक्ने भन्दै स्थानीय तथा व्यापारीलाई आवश्यक तयारी गर्न सुरक्षा निकायले आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय