spot_img

विचारविहीन राजनीतिले देश अघि बढ्दैन : सिके राउत

spot_img
spot_img

काठमाडौं,३० जेठ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मुलुकमा वैकल्पिक राजनीतिक शक्ति भनेर स्थापित हुन खोजिरहेका दलहरू विचारशून्य र तर्कहीन दिशातर्फ गइरहेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा नयाँ शक्तिको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा बढी सेलेब्रिटी प्रवृत्ति र विध्वंसात्मक सोचप्रति आकर्षण बढ्दै गएको बताए।

उनले वर्तमान राजनीतिक अवस्थालाई “विचारशून्य युग” को संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको दाबी गरे।

संसदीय प्रणाली र लोकतान्त्रिक अभ्यासमा देखिएको कमजोरीप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने प्रावधान भए पनि त्यसप्रति समाजमै उदासीनता देखिनु चिन्ताजनक भएको बताए।

अध्यक्ष राउतले पछिल्लो समय राज्यले अपनाएको “डोजर संस्कृति” को पनि आलोचना गरे। विकासका नाममा भौतिक संरचना भत्काउने प्रवृत्तिलाई शक्ति प्रदर्शनका रूपमा बुझ्नु गलत भएको उनको भनाइ छ।

उनका अनुसार पुराना पुस्ताका नेताहरूले लामो समय संघर्ष र योगदान गरे पनि नयाँ पुस्ताले त्यसको मूल्यांकन गर्न नसकेको अवस्था छ।

प्रविधि र सञ्चार शैलीमा आफूहरू पछाडि परेको स्वीकार गर्दै उनले अब नयाँ पुस्ताको अपेक्षाअनुसार राजनीतिक दलहरू सुधारिनुपर्ने आवश्यकता औँल्याए। विचार र सिद्धान्तविहीन राजनीतिले देशलाई अघि नबढाउने भन्दै उनले गम्भीर आत्मसमीक्षाको आवश्यकता रहेको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय