वीरगन्जमा मानव सेवा आश्रममा विशेष गायत्री हवन सम्पन्न

spot_img

वीरगन्ज,२० बैशाख । समाज कल्याण, सकारात्मक ऊर्जा र सार्वभौमिक शान्तिको कामनासहित मानव सेवा आश्रम, वीरगन्जमा विशेष गायत्री पूजा, हवन, मन्त्र तथा प्रसाद कार्यक्रम सम्पन्न गरिएको छ। “सबैको कल्याण” भन्ने मूल उद्देश्यका साथ सम्पन्न यस कार्यक्रमले आध्यात्मिक वातावरण सृजना गर्दै सामाजिक एकता सुदृढीकरणमा समेत योगदान पुर्‍याएको आयोजकहरूले जनाएका छन्।

कार्यक्रमको सभापतित्व लायन्स क्लब वीरगन्ज सेंट्रलकी अध्यक्ष रेखा बैदले गर्नुभएको थियो। कार्यक्रममा लायन्स क्लबका पूर्वअध्यक्ष सीता अग्रवाल, आशा अग्रवाल, कविता हालन, सचिव मीनाक्षी कर्माचार्य, मानव सेवा आश्रमका प्रमुख देवेश गुप्ता, पण्डितज्यू, महिला–पुरुष सेवाग्राही, पत्रकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गायत्री मन्त्र जप, हवन तथा सामूहिक प्रार्थना मार्फत सहभागीहरूले सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सद्भाव, प्रेम र सकारात्मकताको लागि कामना गरेका थिए। शुद्ध वातावरण सृजन र धार्मिक आस्थालाई जोड्ने यस कार्यक्रमले समुदायमा मानवीय मूल्य र चेतना फैलाउने उद्देश्य बोकेको थियो।

कार्यक्रममा विशेषगरी आश्रमका ‘लक्ष्मीनारायण’हरू अर्थात् सेवाग्राहीहरूलाई सम्मानजनक सहभागिता दिइएको थियो, जसले कार्यक्रमको सामाजिक तथा भावनात्मक पक्षलाई थप बलियो बनाएको देखिएको छ।

सहकार्यमा आधारित मानव सेवा आश्रम र लायन्स क्लब वीरगन्ज सेंट्रलद्वारा आयोजित यस कार्यक्रमले धार्मिक आस्था, सामाजिक सेवा र सामूहिक चेतनाको संयोजनमार्फत सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय