बारा,०९ असार । लैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ३९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। उपमहानगरको सोमबार बसेको नगर सभामा उपमेयर रौशन प्रविनले बजेट प्रस्तुत गर्दै कृषि, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको जानकारी दिइन्।
उनका अनुसार बजेटले नगरको समग्र विकास, पूर्वाधार विस्तार, तथा सामाजिक क्षेत्रमा आवश्यक लगानी सुनिश्चित गर्ने लक्ष्य राखेको छ। "बजेट स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा तयार पारिएको हो," प्रविनले बताइन्।
बजेट सार्वजनिक कार्यक्रममा मेयर विनोद साह, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वडा अध्यक्षहरू,...
बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक करोड १५ लाख रुपैयाँको नयाँ गाडी खरिद गरेको छ। अर्थ मन्त्रालयले...