22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

हायात ग्राउण्डमा ‘बीर विक्रम २’

सिफारिस

जेठ जेठ ३ गते देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ टिम यतिबेला प्रचार प्रसारमा ब्यस्त छ । प्रचार प्रसारलाई तिब्र बनाउँदै बुधवार फिल्म यूनिट ‘काठमाडौँ औद्योगिक, व्यापार, पर्यटन तथा बृहत सांस्कृतिक कार्यक्रम २०७६’ मा सहभागी हुन हायात ग्राउन्ड पुगेको थियो ।

- Advertisement -

निर्देशक मिलन चाम्स सहित फिल्मका मुख्य कलाकार त्रय पल शाह, बर्षा सिवाकोटी र नाजिर हुसेन सहभागी भएको उक्त कार्यक्रममा कलाकार त्रयले सयौँ दर्शक बिचमा आफ्नो प्रस्तुती राखेका थिए । शुक्रवारबाट मोफसल टुरमा निस्किन लागेको बिर विक्रम २ यूनिटले जेठ १ गते भब्य पर्पल कार्पेट प्रिमियर गर्ने तयारी गरेको छ ।

- Advertisement -

मित्रता र प्रेमको कथा बोकेको फिल्ममा नायक पल शाह, नाजिर हुसेन, बुद्दि तामाङ, नायिका वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । फिल्ममा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -