spot_img

सरकार माफियासँग डराएर पेट्रोलियम पदार्थको मूल्य बढायोः नैनसिंह महर

spot_img
spot_img

काठमाडौं, २० वैशाख । नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले सरकार जनताका लागि नभइ माफिया र कमीशनखोरको प्रभावमा परेर काम गरिरहेका आरोप लगाएका छन् ।

राजधानीमा शुक्रबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले सरकार पूरै माफियातन्त्र र कमीशनतन्त्रबाट सञ्चालित भएको आरोप लगाए ।

‘सरकारी जग्गा बेचेर नपुगेको सरकारले फेरि जनताको ढाड सेकनेगरी पेट्रोलियम पर्दार्थको मूल्य बृद्धि गरेको छ’, उनले भने, ‘यो कुनै हालतमा मान्य छैन । मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन हुनेछ ।’ नेपाल आयल निगमले शुक्रबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएपछि नेविसंघका निवर्तमान अध्यक्ष महरले आपत्ति जनाएका हुन् ।

‘निगमको अहिले पाक्षिक नाफा ७ करोडभन्दा बढी छ यस्तो बेला जनतालाई राहत दिन मूल्य घटाउन छोडेर झन् मूल्य बढाइएको छ’, महरले भने, ‘सरकार आफै व्यापारी भएर कल्याणकारी बन्न सकेन । कम्युनिस्ट सरकारका प्वाँख पलाउन थालेका छन् ।’

‘बाइडबडी, ३३ किलोसुन काण्ड, बालुवाटारको जग्गा बेचेर पनि प्रधानमन्त्री र मन्त्रीहरूलाई पैसा पुगेन । पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ’, उनले भने, ‘यो जनतामारा सरकार हो ।’

सरकारप्रति निकै आक्रमक देखिएका नेविसंघका निवर्तमान अध्यक्ष महरले भने, ‘स्वचालित मूल्यका नाममा सरकारले आयल निगमलाई भष्ट्राचारको गोदाम बनाएको छ । बेला स्वाचालित भन्ने अनि घटेको बेला मूल्य नघटाउने । बढेको बेला मात्र मूल्य बढाउने यो कस्तो स्वचालन मूल्य प्राणली हो ?’

तीन महिनासम्म मूल्य घटेको बेला नेपालमा किन नघटाएको ? भनेर उनले प्रश्न गरेका छन् । ‘कम्युनिस्ट सरकार बने पश्चात जनताका दैनिक उपभोग्य बस्तुमा सयौँ गुणा बढी मूल्य वृद्धि भएको छ’, उनले भने, ‘यस पटक पनि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले अझ मूल्य आकासिएर जनताले सास्ती व्यहोर्नुपर्ने भएको छ ।’

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय