spot_img

मधेश साहित्य महोत्सव २०२६ मा विशेष प्रस्तुति दिन गायिका कल्पना पटवारी वीरगञ्ज आउँदै

spot_img
spot_img

वीरगञ्ज २९ पुष । भोजपुरी लोक तथा आधुनिक संगीतकी चर्चित गायिका कल्पना पटवारी मधेश साहित्य महोत्सव २०२६ मा सहभागी हुन वीरगञ्ज आउने भएकी छन्। यही माघ १५, १६ र १७ गते आयोजना हुने महोत्सवको सांगीतिक सन्ध्यामा उनले विशेष प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

लोकगीतलाई आधुनिक संगीतसँग संयोजन गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन सफल गायिका कल्पना पटवारी भोजपुरी संगीत क्षेत्रकी एक स्थापित र लोकप्रिय नाम हुन्। उनका गीतहरू नेपाल र भारत मात्र नभई विश्वभर रहेका भोजपुरी भाषी समुदायबीच व्यापक रूपमा रुचाइएका छन्। उनको सहभागितासँगै महोत्सवप्रति दर्शक तथा संगीतप्रेमीहरूमा थप उत्साह देखिएको छ।

उत्कर्ष नेपालद्वारा आयोजना हुने मधेश साहित्य महोत्सव २०२६ माघ १५, १६ र १७ गते (जनवरी २९–३१, २०२६) वीरगञ्जस्थित मधेश विश्वविद्यालयको परिसरमा आयोजना हुँदैछ। आयोजकका अनुसार महोत्सवको सांगीतिक सन्ध्यामा कल्पना पटवारीको प्रस्तुति प्रमुख आकर्षणमध्ये एक रहनेछ।

आयोजक संस्थाका प्रतिनिधि जय साहका अनुसार कल्पना पटवारीको प्रस्तुतिले मधेशको लोक–संस्कृति, संगीत र सामूहिक उत्सवको भावनालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। साहित्य, कला, संस्कृति र संगीतको संगमका रूपमा आयोजना हुँदै आएको महोत्सवलाई यस वर्ष अझ व्यापक, समावेशी र जनमुखी बनाउने तयारी गरिएको उनले जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय