Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

कार दुर्घटनाबारे पवनदीप : मृत्युको मुखबाट फर्किएँ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मुम्बई। ‘इन्डियन आइडल’ सिजन १२ का विजेता गायक पवनदीप राजनले गत वर्ष भएको भयानक दुर्घटनाबारे मौनता तोडेका छन्। २०२५ मे ५ मा भएको कार दुर्घटनामा उनका दुवै खुट्टा भाँचिएका थिए। लामो समय सञ्चारमाध्यमबाट टाढा रहेका उनले हालै एक पोडकास्टमा त्यो रातको याद सुनाएका हुन्।

उनका अनुसार, भोलिपल्ट अहमदाबादमा हुने शोका लागि राति नै यात्रा सुरु भएको थियो। “गाडीमा सुतेको थिएँ, बिहान उठ्दा एयरपोर्टमै पुगिसकिएको हुन्छ भन्ने सोचेँ,” उनले भने, “तर आँखा खुलेपछि आफू अस्पतालमा, दुवै खुट्टा भाँचिएको अवस्थामा भेटेँ।”

पवनदीपले बताएअनुसार यात्रा क्रममा सडकमा रोकिएको ट्रकमा उनीहरूले सवार कार सोझै ठोक्किएको थियो। चालक निदाएको कारण दुर्घटना भएको उनले सुनाए। “दुर्घटनाको क्षण म सुतेकै थिएँ। होस आएपछि भने कारभित्र थुनिएको, आगो लागेको देखेँ। एउटा हात मात्र चल्ने अवस्थामा थिएँ,” उनले सम्झे।

उनका अनुसार सुरुमा आसपासका मानिसहरू कारको आगो र अवस्था देखेर नजिक जान डराए। पछि प्रहरी र एक व्यक्तिको पहलमा उनलाई बाहिर निकालिएको थियो। त्यसपछि अस्पतालमा भर्ना गरिएपछि मात्रै उनले परिवारलाई घटना बताएको जनाए।

लामो उपचार र विश्रामपछि पवनदीप अहिले स्वास्थ्य लाभ गर्दै छन् र हिँडडुल गर्न सक्ने स्तरमा फर्किएका छन्। हालै उनले सलिम–सुलेमानसँग संयुक्त प्रस्तुतिसमेत दिए। २८ वर्षीय पवनदीप ‘इन्डियन आइडल’ विजेता बनेपछि लोकप्रियताको नयाँ उचाइमा पुगेका छन्।

Leave a Reply

ताजा समाचार

थप समाचार