शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
29.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

देश समृद्ध बनाउने अभियानमा युवालाई परिचालन गरिन्छ : प्रधानमन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी गरे । उनले दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धि र यहाँका जनताले सुःख पाएको हेर्न नेपाल आतुर रहेको बताए ।

- Advertisement -

आज ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा ४० प्रतिशत युवाहरु र ६० प्रतिशत भन्दा बढि काम गर्ने उमेर समूहका मानिसहरु रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने पनि स्पष्ट पारे ।

- Advertisement -

प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान गरेका छन् । उनले नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -