काठमाडौंको बिच सडकमा बस पल्टिदा १७ जना भन्दा बढी घाइते

spot_img

काठमाडौं, २० बैशाख – काठमाडौंमा शुक्रबार बिहान बस दुर्घटना भएको छ । चाबहिल(जोरपाटी बौद्ध साँखु सडकखण्ड अन्तर्गत बौद्ध टुसालमा बस दुर्घटना भएको हो ।

आलापोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस बिहान साढे ९ बजेतिर दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १७ भन्दा बढी यात्रु घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बस अनियन्त्रित भएर बीच सडकमै पल्टिएको हो । बसका चालक भने नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय