spot_img

भर्ना शुल्क विवाद समाधानका लागि शिक्षा मन्त्रालयले स्थानीय तहसँग छलफल गर्ने

spot_img
spot_img

काठमाडाै,२० वैशाख । विद्यालय भर्ना शुल्कमा देखिएको अनियमितता र निजी विद्यालयहरूको गतिविधिबारे बढ्दो गुनासोपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय सरकार तथा सरोकारवालासँग संयुक्त छलफल गर्ने भएको छ।

मन्त्रालयका अनुसार सोमबार सिंहदरबारमा काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुख, गृह मन्त्रालय र शिक्षा मन्त्रालयका उच्च अधिकारी सहभागी हुने बैठक आयोजना गरिएको छ। छलफलमा विद्यार्थी भर्ना प्रक्रिया, शुल्क निर्धारण, वार्षिक शैक्षिक क्यालेन्डर तथा आगामी शैक्षिक रणनीतिबारे केन्द्रित हुने जनाइएको छ।

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।

हालै केही निजी विद्यालयहरूले कानुन विपरीत समयअगावै भर्ना अभियान सञ्चालन गर्नुका साथै स्वीकृत मापदण्डभन्दा बढी शुल्क उठाएको गुनासो आएपछि मन्त्रालयले त्यस्तो शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो।

विद्यालय सञ्चालन र भर्ना मितिलाई लिएर संघीय सरकार र स्थानीय तहबीच फरक–फरक निर्देशन जारी भएपछि अभिभावक र विद्यालयहरूमा अन्योलता देखिएको छ। संघीय सरकारले वैशाख १५ देखि भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्न भनेको थियो भने उपत्यकाका स्थानीय तहहरूले वैशाख ११ देखि भर्ना र १५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय