काठमाडौँ,०८ माघ । सरकारको नयाँ प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याल नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने र प्रवक्ताको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि यो जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सम्हाल्दै आउनुभएको थियो।
पूर्व सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि प्रवक्ताको पद रिक्त भएको थियो। अबदेखि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने र सरकारका नीतिगत विषयमा आधिकारिक जानकारी दिने काम गृहमन्त्री अर्यालको काँधमा हुनेछ।
निर्वाचनको समय र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गृहमन्त्रीलाई यो जिम्मेवारी सुम्पिनुलाई अर्थपूर्ण मानिएको छ।



