Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

२ वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषणा गरिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २ वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषणा गरिने उल्लेख गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको ठूलो सार्वजनिक सवारी साधन सञ्चालनलाई प्रोत्साहित गरिने पनि बताइएको छ । त्यस्तै, विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

सार्वजनिक यातायातका साथमा यात्रा कार्डको व्यवस्था गरिने बताइएको छ । प्रदेश, स्थानीय र निजी क्षेत्रको सहकार्यमा सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गरिनुका साथै विद्युतीय बसका लागि पर्याप्त चार्जिङ स्टेसन बनाइने बताइएको छ ।

त्यस्तै, संघ प्रदेश र स्थानीय तहबीचको सम्बन्ध र सहकार्यलाई व्यवस्थित गरिनेछ । अन्तर प्रदेश परिषद र प्रदेश समन्वय परिषदलाई सुदृढ र सरकार बनाइनेछ ।

समृद्धिको आधार वर्ष बनाउन सरकार सफल भएको बताउँदै सरकारका कारण जनतामा उत्साह आएको नीति तथा कार्यक्रमा जिकिर गरिएको छ ।

पछिल्लो दुई वर्ष ६ प्रतिशत र चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर सात प्रतिशत रहेका कारण सरकारले निकट भविस्यमै दोहोरो अंकको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्ने बताइएको छ ।

ताजा समाचार

थप समाचार