spot_img

जेठ ३ एकसाथ भिँड्दै ‘वीर बिक्रम २’ र ‘जात्रै जात्रा’

spot_img
spot_img

काठमाडौैं: जेठ ३ मा दुई नेपाली फिल्म एकसाथ भिड्दै छन्, ‘वीर बिक्रम २’ र ‘जात्रै जात्रा’। २०७६ को यो पहिलो मिति हो, जहाँ दुई राम्रा ब्यान्डका फिल्महरु भिड्ने भएका हुन्।

‘वीर बिक्रम’लाई दर्शकले रुचाएपछि निर्देशक मिलन चाम्सले ‘वीर बिक्रम २’ बनाएका हुन्। त्यस्तै निर्देशक प्रदिप भट्टराईले पनि ‘जात्रा’को सफलतापछि ‘जात्रै जात्रा’ निर्देनशन गरेका हुन्।

दुई फिल्म एउटै मितिमा प्रदर्शनमा आउँदा भिडन्त पक्का छ। अब दुई फिल्ममा कुनले बाजी मार्ला हेर्न बाँकी छ।

‘वीर बिक्रम’मा मित्रताको कथा समेटिएको छ। फिल्मका मुख्य कलाकार पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङको मुख्य अभिनय छ। फिल्ममा अन्य कलाकार देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्।

‘जात्रै जात्रा’मा भने विपिन कार्की, रविन्द्र झा, दया हाङ राई र वर्षा राउतको मुख्य अभिनय छ। फिल्ममा मित्र डि गुरुङको सम्पादन, शंकर महर्जनको द्वन्द, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत छ।

फिल्ममा अन्य कलाकार राजाराम पौडेल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानिया, सोहित मानन्धरलगायतको अभिनय छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय