स्वाभिमान लघुवित्तको आईपीओ नतिजा सार्वजनिक

spot_img

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओ नतिजा सार्वजनिक भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको आईपीओ १८ हजार ५६५ जनाले सेयर पाएका छन् ।

क्यापिटलका अनुसार १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने ७ जनालाई ११ कित्ता सेयर पर्यो । आईपीओको नतिजा मेरोसेयर मार्फत हेर्न सकिने छ ।

आईपीओमा ३ लाख २७ हजार ४८६ जनाले आवेदन गरेका थिए, जसमध्ये २३० जनाको आवेदन रद्ध भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय