Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

ट्राफिक नियम उल्लङ्घनको जरीवाना अनलाइनबाटै तिर्न पाइने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत् राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न पाउने व्यवस्था गर्न लागेको जानकारी दिए। उनले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै नमूना राजधानी निर्माण गर्न समयसापेक्ष कानून, प्रविधिको प्रयोग, सडक सञ्जालको व्यवस्थित विस्तार, जनचेतना अभिवृद्धिमा महाशाखाले काम गर्ने बताए।

‘हामी सबैको चाहना उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्दै नमूना राजधानी निर्माण गर्नु हो, सोहीअनुसार महाशाखाले काम गर्दैजानेछ’, उनले भने। उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्तदुरुस्त बनाउन भाडाका सवारी साधनमा ‘ड्रेस कोर्ड’, सबै चोकमा ट्राफिक लाइट सञ्चालन, ट्राफिक जानकारी सम्बन्धी मोबाइल एप्स, स्मार्ट पार्किङ, नमूना सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न लागेको समेत उनले जानकारी दिए।

महाशाखाले एक वर्षको अवधिमा विभिन्न कसुरमा तीन लाख ८४ हजार २०६ सवारी चालकलाई कारवाही गरेको छ। महाशाखाले मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने २६ हजार ४०९, लेन अनुशासन उलङ्घन गर्ने ३२ हजार २७, अर्कोको नाममा लाइसेन्स लिन जाने १३, हर्नमा १२ हजार २७१, ह्वील लकमा दुई हजार ८७६, बढी भाडा लिने १० हजार ७८७, सिसिटिभीमा पाँच हजार ६०, सर्भिलेन्स सवारी साधन ९९५, मापसेमा २८ चालकलाई निलम्बन गरेको छ।

ट्याक्सीमा छुटेको १६१ सामान फेला पारेर सम्बन्धित धनीलाई बुझाएको महाशाखाले जनाएको छ। यस्तै, महाशाखाले चैत २१ गतेदेखि शुरु गरेकोे तीन महीने उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत ११ स्थानमा जेब्राक्रसिङ निर्माण, तीन स्थानमा स्टपलाइन निर्माण, दुई हजार ७५ सवारी प्रदूषण जाँच, पाँच स्थानमा करिडोर निर्माण सम्पन्न गरेको छ। रासस

ताजा समाचार

थप समाचार