spot_img

आज पनि देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

spot_img
spot_img

काठमाडौं,२२ वैशाख । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको जनाएको छ। हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको हो।

आज दिउँसो पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने राति बागमती प्रदेशका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यसअघि सोमबार पनि देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, हावाहुरी तथा चट्याङको प्रभाव देखिएको थियो। मौसमविद्का अनुसार अहिले सक्रिय प्रि–मनसुन प्रणाली पूर्वतर्फ सर्दै गएको छ र यो प्रणाली साताभर सक्रिय रहने सम्भावना छ।

मौसमविद्ले हुरीबतास, चट्याङ र भारी वर्षाबाट हुन सक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय