रोशी खोलाको बाढीमा फसेका ८९ यात्रुको सकुशल उद्धार

spot_img

काठमाडौं,२२ वैशाख । काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीमा फसेका ८९ जना यात्रुको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। सोमबार राति अचानक आएको भेलका कारण माइक्रोबससहित यात्रुहरू खोलाको बीच भागमा अलपत्र परेका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डोरी र र्‍याफ्टिङ बोटको सहायताले यात्रुको उद्धार गरेको हो। जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार सबै यात्रुलाई सुरक्षित रूपमा उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ।

उद्धार अभियानमा जिल्ला प्रहरी कार्यालयको टोलीसँगै सशस्त्र प्रहरी बल १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी तथा नेपाली सेनाको टोली खटिएको थियो।

लगातारको वर्षा र बाढीका कारण बीपी राजमार्गका विभिन्न स्थानमा सडक क्षति पुगेपछि यातायात प्रभावित भएको छ। यसअघि काभ्रेको श्रीखण्डपुर क्षेत्रमा पनि बाढीमा फसेको स्कुल बसबाट ३५ जना विद्यार्थीको सशस्त्र प्रहरीले उद्धार गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय