बीरगंज, ६ जेठ — राष्ट्रिय जनता पार्टी (राजापा)का केन्द्रीय सदस्यद्वय उपभोक्ता समिति गठन प्रकरणमा किर्ते गरेको आरोपमा जेल चलान भएका छन् ।
राजपाका केन्द्रीय सदस्यद्वय बीपी यादव र हरि मण्डल सोमबार सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा चलान भएका हुन् ।
न्यायाधीश उमेश कोइरालाको इजलाशले उनीहरुलाई पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको हो ।