५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदन्छु भनेर कमेन्ट गर्ने व्यक्ति पक्राउ

spot_img

बीरगंज, ६ जेठ
५० लाख रुपैयाँ दिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदन्छु भनेर कमेन्ट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फेसबुकमा सलिम योन्जन तामाङ भाई नाम राखेका सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका–२ का ३४ वर्षीय लालबहादुर तामाङ रहेका छन् ।

’५० करोड दिनुस् भारतीय प्रधानमन्त्रीलाई मारिदिन्छु’ भन्ने शीर्षकको समाचारको कमेन्टमा ५० लाख दिए ओलीलाई मारिदिन्छु भनेर तामांगले कमेन्ट गरेका थिए ।

उनलाई सोमबार बानेश्वरबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय